जनगणनामा जाति र भाषाबारे त्रुटि नदोहो¥याउन सुझाव

जनगणनामा जाति र भाषाबारे त्रुटि नदोहो¥याउन सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रिय जनगणना–२०७८ को तयारीको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले गरेको अन्तरक्रियामा भाषा तथा जातजाति सम्बन्धमा विगतमा भएका त्रुटि नदोहो¥याउन सुझाव दिएको छ । केन्द्रीय तथ्याङ्क विभागमा भएको सो अन्तरक्रियामा सहभागी विज्ञले तीनवटा कार्यपत्र प्रस्तुत गर्दै अव आउने जनगणनामा भाषा र जातजाति सम्बन्धी तथ्याङ्क तथ्यपरक तथा भरपर्दो बनाउने प्रयास गर्नुपर्ने सुझाव दिएका हुन् ।

राष्ट्रिय भाषा आयोगका सल्लाहकार दानराज रेग्मी, केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछाने तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या अध्ययन विभागका प्राध्यापक बालकृष्ण मावुहाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले कुनै पनि भाषाको अस्तित्व मेटाउनु हुँदैन तर विदेशी अनुसन्धानदाताले थोपरेका भाषाले विभाजन ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै असमझदारी देखिएमा सम्वद्घ सबैपक्ष मिलेर समाधान गर्नुपर्छ । भाषा र जातजातिको तथ्याङ्क वास्तविक मात्र आउनुपर्छ भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा कृष्णप्रसाद ओलीले देशको समृद्घिमा भाषाको महत्वपूर्ण योगदान हुने हुनाले भाषाका सही तथ्याङ्क आउनुपर्ने बताउनुहुँदै सोका लागि आयोगले सहयोग गर्ने बताउनुभयो । उहाँले यसपटकको गणनामा त्रुटि सच्याउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले २०७८ को जनगणनाबाट आउने तथ्याङ्क सत्यतथ्यमा आधारित हुनुपर्छ र समाजले ग्रहण गर्नसक्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जनगणनाले ‘समृद्घ नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले अन्तरक्रियाबाट आएका सुझावले सङ्घीयताको गन्तव्यमा सहयोगी बताउनुभयो । उहाँले नेपालमा भाषिक सर्वेक्षण पनि आवश्यक भइसकेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सभापति तथा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले विभागले तथ्यपरकताका लागि प्रयास गरिराखेको र यसपटक त्रुटि सच्याउने गरी फरक ढङ्गले जनगणना गर्ने बताउनुभयो ।

दानराज रेग्मीले डा लोकबहादुर लोप्चनको सहयोगमा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा भाषाभाषी सम्बन्धी विद्यमान अवस्था शीर्षकमा, ढुण्डीराज लामिछानेले संघीय संरचनामा राष्ट्रिय जनगणना २०७८ को सन्चालन तयारी योजना, प्रश्नावली र चुनौती तथा वालकृष्ण मावुहाङले राष्ट्रिय जनगणना–२०७८ को तयारी सन्दर्भमा जातजातीको विद्यमान अवस्था शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
रासस

Skip This
Skip This
Logo