काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । मंगलबार शुरु भएको बैठकमा आज चार जना सदस्यले आफ्नो धारणा राखेका छन् ।
आज रामशरण महत, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी र गगन थापाले आफ्ना विचार राखेका हुन्।
आज बोल्ने सबै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेको ठहर गर्दै यसको चौतर्फी विरोध गर्नु पर्ने बताएका थिए ।
यसैगरि पुस १६ गते मेलमिलाप दिवसका दिन कांग्रेसले सरकार विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने प्रस्ताव बैठकमा पेश गरेको छ । यसको निर्णय भने भएको छैन । अर्को बैठक भोलि दिउसो १ बजे बस्ने कांग्रेसले जनाएको छ ।































प्रतिक्रिया