तुलसीपुरमा ट्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकको ज्यान गएको हो ।
शनिबार राति मदिराले मातेका चालक ५२ वर्षीय कामी चौधरीले चलाएको ट्याक्टरले किच्दा बिकको ज्यान गएको हो । चौधरीले चलाएको रा १ त २६३१ नम्वरको ट्रयाक्टर सडकबाट चिप्लिएर घरभित्रै छिरेर बालकलाई किचेको थियो ।
गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे मृत्यु भएको तुलसीपुर प्रहरीले जनाएको छ। ट्याक्टरले घरको सटरसमेत भत्काएको स्थानीयले बताएका छन् ।
विक स्थानीय डिभाईन टेम्पल बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्यनरत थिए । दुर्घटना लगतै भाग्न खोजेका चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।































प्रतिक्रिया