गाईलाई जिउँदै खाल्डोमा पुरेपछि…

गाईलाई जिउँदै खाल्डोमा पुरेपछि…

केन्द्रबिन्दु
0
Shares

नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै खाल्डोमा हालेर पुर्दै गरिएको गाईको उद्धार गरिएको छ । जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् । बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए ।

गाई पुर्ने मान्छे भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा अहिले सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ।

Skip This
Skip This
Logo