नेपाली सेनाको गणभित्र महिलाको शव भेटियो

नेपाली सेनाको गणभित्र महिलाको शव भेटियो

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा नेपाली सेनाको गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।

बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलमा रहेको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र महिलाको बेवारिसे शव भेटिएको शव भेटिएको हो।  कुर्ता सुरुवाल लगाएकी कम्मरमा रातो सल बाँधेकीे अन्दाजी ३५ वर्षीया महिलाको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ ।

बर्दिवासका प्रहरी निरीक्षक अशोक कुमार शाहले नेपाली सेनाको टोली मर्निङवाक जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेकोे जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

Skip This
Skip This
Logo