अवैध रकमसहित भारतीय नागरिक पक्राउ

अवैध रकमसहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी,

भारतीय नागरिक अतुल वर्मालाई अवैध नेरु २५ लाख र भारु तीन लाखसहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

भारतबाट धनगढीतर्फ आउँदै गरेको युपि ३१ एके ७३४८ नं. को जीपमा लुकाइछिपाइ राखेर ल्याउँदै गरेको अवस्थामा त्रिनगर सीमा नाका क्षेत्रबाट अवैध रकमसहित वर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

भारतको लखिमपुर जिल्ला घर भएका वर्मा धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Logo