डुुङ्गा दुर्घटनामा मृत्यु भएका मध्ये २० जनाको शव भेटियो, १४ अझै बेपत्ता

डुुङ्गा दुर्घटनामा मृत्यु भएका मध्ये २० जनाको शव भेटियो, १४ अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया,

अमेरिकाको दक्षिण क्यालिफोर्निया अन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।

डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारी अनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।

हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् । आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ ।क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।
रासस

Skip This
Skip This
Logo