थप दुई महिना डेंगु संक्रमणको जोखिम

थप दुई महिना डेंगु संक्रमणको जोखिम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राजधानीका विभिन्न अस्पतालमा डेंगु संक्रमित बिरामीको चाप बढेको छ । बिरामीले घण्टौं कुरेपछि मात्र उपचारको पालो पाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ज्वरो क्लिनिकमा बुधबार बिरामीको चाप देखिन्थ्यो । त्यहाँ पुगेका धेरैजसोमा डेंगु ज्वरोको लक्षण भएको अस्पतालले जनाएको छ।

अन्य दिनको तुलनामा बुधबार झन् धेरै बिरामी आएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डले जानकारी दिए । उनका अनुसार डेंगुको निःशुल्क उपचार हुने भएकाले ज्वरो आएका सबै बिरामीले यही अस्पताल छानेका हुन् । ‘अन्य अस्पतालबाट पनि यही अस्पताल रेफर गरेर पठाएका छन्,’ उनले भने । डेंगु ज्वरोले गम्भीर बनेका बिरामीलाई अस्पतालले छुट्टै वार्डमा भर्ना गरी उपचार गरिरहेको डा. पाण्डेले जानकारी दिए ।

डेंगुका कारण फियो बढेका, पेट दुखेका, खाना खान नसकेका र रक्तश्राव भएका बिरामीलाई मात्र भर्ना गरिएको छ । थप संक्रमण नहोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार गरिएको छ । अस्पताल अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार बिरामीको चापका कारण आइतबार यता चिकित्सकले एकछिन पनि फुर्सद पाएका छैनन् । उपचारमा आउने धेरैजसोमा डेंगुको लक्षण पाइएको र सोही अनुसार उपचार तथा सुझाव दिएर पठाउने गरिएको उनले बताए ।

गम्भीर अवस्थामा पुगेका बिरामीलाई भने भर्ना गरिएको छ । अस्पतालमा बुधबार २ सय ५० जना डेंगु ज्वरोको बिरामी आएको जानकारी उनले दिए । डल्लु, टेकु, त्रिपुरेश्वर, नयाँ बजार, खुसीबुँ, लोकन्थली, पेप्सीकोला, क्षेत्रपाटी, स्वयम्भू लगायत क्षेत्रबाट बिरामी ज्वरोको सिकायत लिएर आएको अस्पतालले जनाएको छ ।

त्यसैगरी हेल्पिङ ह्यान्डस अस्पतालमा डेंगुका पाँच बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । भर्ना गर्नुनपर्ने अवस्थाका बिरामीलाई भने आवश्यक परामर्श लिएर फर्केका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल, मिनभवन लगायतले पनि डेंगुका बिरामी उपचारका लागि आएको जनाएका छन् । त्रिवि शिक्षण अस्पतालमा दैनिक डेंगुको सिकायत लिएर १०/१५ जना बहिरंग विभागमा आउने गरेको सो अस्पतालले जनाएको छ । सिभिल अस्पतालमा पनि यस्ता बिरामी दैनिक १५ जनाको हाराहारीमा पुग्ने गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo