काठमाडौं । नेपाली कांग्रेसले बुधबार (भोली) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिए ।
मंगलबार जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रिय भातृ संगठनहरुको केन्द्रिय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ । त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा केन्द्रिय कार्य समितिले टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आज साँझसम्म सम्पन्न गर्ने योजना छ । प्रवक्ता शर्माले पार्टी कन्द्रिय कार्य समितिको बैठक आजै सकिने र भोली अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको बताए । कांग्रेस केन्द्रिय कार्य समितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बूँदे एजेन्डामाथि छलफल तय गरेको थियो ।































प्रतिक्रिया