प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि आज सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि आज सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिटहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

१३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएकाे हाे ।

बाँकी एउटा रिट भने संवैधानिक इजलासमा शुक्रबार पेश हुनेछ । मंगलबार ४ जना सांसदले दायर गरेकाे रिटमाथि पनि आज सुनुवाइ हुने बताइएकाे छ ।

रिट दायर गर्ने सांसदमा देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री छन् । अन्य रिट भने साेमबार दर्ता भएका हुन् ।

Logo