प्रभास स्टारर फिल्म ‘साहो’ रिलिज भएको केही घण्टामा नै इन्टरनेटमा लिक भएको छ।
टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो । यस साइटले यसअघि ‘जजमेन्टल है क्या’, ‘पेटा’, ‘गली व्वाय’, ‘ठग्स अफ हिन्दोस्तान’ आदि सिनेमालाई लिक गरेको थियो।
प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन् । भारत सरकारले साइटलाई प्रतिबन्धित लगाएको थियो।
३५० करोड भारूको महँगो बजेटमा बनेको फिल्म रिलिजकै दिन लिक हुँदा करोडौं घाटा हुने भएको छ।
यो फिल्ममा श्रद्धा कपुर, चंकी पाण्डे, ज्याकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ । सिनेमालाई सुजिथले निर्देशन गरेका हुन्। निर्देशक सुजीतको यो पहिलो हिन्दी, तमिल तथा तुलगू भाषाको फिल्म हो
दुई बर्ष लगाइएr बनाएको यो फिल्म घोषणा भएदेखि नै चर्चामा छ । यसलाई बलिउडकै सबैभन्दा ठूलो तथा महंगो फिल्म भनिएको छ । यो फिल्ममा थुप्रै महंगा एक्सन सिक्वेन्सहरु छायांकन गरिएका छन् ।































प्रतिक्रिया