इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा अवैध चल्ला नष्ट

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा अवैध चल्ला नष्ट

केन्द्रबिन्दु
0
Shares

  • अजय मिश्र,

कपिलवस्तु ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोबाइल टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ।

भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १ मड्हाबाट १९ कार्टून प्रतिकार्टून १५० चल्लाका दरले अन्दाजी २८५० चल्ला बरामद गरेको छ।

बरामद गरिएको चल्लालाई सुरही खोलामा स्थानीय, पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि आर्यावर्त, प्रहरी, पत्रकार आदि को उपस्थितिमा नष्ट गरिएको छ। जसको अनुमानित मुल्य १ लाख पर्ने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo