नेपाल जनरल मार्केटिङ प्रालिले हिरोको २ वटा आकर्षक एड्भेन्चर बाइक बजारमा ल्याएको छ।
भृकुटीमण्डपमा जारी नाडा अटो शोमा हिरोका हिरोका एक्सपल्स २०० र एक्सपल्स २०० टी सार्वजनिक गरिएको हो । यी बाइकहरुको मूल्य भने तोकिएको छैन । एक्सपल्स २०० को मूल्य करिव साढे ४ लाख रुपैयाँ र २०० टीको मूल्य करिव साढे ३ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
हिरो एक्सपल्स २०० मा स्पोक ह्विल्स र अफरोड टायर रहेको छ । यसको फ्रन्ट ह्विल २१ इन्च र रियर ह्विल १८ इन्चको रहेको छ । सो बाइकलाई अफरोड राइडिङको लागि डिजाइन गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । एक्स्प्लस २०० मा लामो विन्डस्क्रिन पनि समावेश गरिएको छ । एक्सपल्स २००टी मा एलोई ह्विल्स र रोड टायर जडान गरिएको छ र सो बाइक पर्यटनको लागि निकै राम्रो मानिएको छ ।
हिरोको यी दुबै बाइकमा एक्सट्रिम २०० आरको २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलेन्डर इन्जिन रहेको छ ।































प्रतिक्रिया