सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत फेला परेका छन् ।
सोही ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ वटा ट्रकमा ल्याइएका गाइहरु शुक्रबार बिहान करिव साढे तीन बजेतिर कटकुवा जंगलमा छोडिएको जानकारी दिए । उनले भिरमा खसालेको अवस्थामा पनि मृतक चौपायाहरु फेला परेको बताए।
त्यस्तै जुम्लाको तिला गाउँपालिका – ६ पाटनमा बिहीबार चट्याङ लागेर २५० ओटा भेडा मरेका छन् । स्थानीय नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको हो । चट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।
व्यावसायिक रूपमा भेडा पालेर बसेका सुडिका किसान भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताए ।





























प्रतिक्रिया