काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पुनः बस्ने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले आआफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बुधबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने उनले बताए।
संसद विघटन गर्दै मध्यावधि निर्वाचन जाने प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदमविरुद्ध रणनीति तय गर्न बसेको मंगलबारको बैठकले कुनै निर्णय गरेको छैन।
मंगलबारको बैठकमा सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न अनुराेध गरेका थिए। उनले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका थिए। उनले ओलीको कदमले जनमतको अपमान भएको बताएका थिए।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सभापति देउवा लगायतका नेताहरूले सम्बोधन गरेको र छलफल जारी रहेको जानकारी दिए। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि निर्णयमा पुगिने उनले जानकारी दिए।





























प्रतिक्रिया