छोरीका हत्यारा बाबु १९ बर्षपछि पक्राउ

छोरीका हत्यारा बाबु १९ बर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

भैरहवा,

सन्तानको कसलाई माया लाग्दैन होला र ? जो कोहीले पनि आफ्नो सन्तानका इच्छा आकाक्षा पुरा गर्न जस्तो सुकै परिस्थिति खेप्न तयार हुन्छन् । सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिदैन किनकी आमाबाबुले आफ्ना सन्तानप्रति माया, स्नेह, ममता, आत्मियता र भरोसा गरिरहेका हुन्छन् । यी सब तथ्यलाई तोड्दै रुपन्देहीमा एक बुवाले आफ्नी १५ वर्षीय छोरीको हत्या गरेका छन् ।

आफ्नै छोरीको हत्या गरेर फरार व्यक्ति १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । छोरीको हत्या गरी फरार रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका ६३ वर्षीय पूर्णवासी लोनियालाई प्रहरीले बुधबार भैरहवा मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।

रुपन्देही विष्णुपुरा–९ बस्ने पुर्णवासी लोनीयाले १५ वर्षीय छोरी कान्ती लोनीयाको हत्या गरी घरदेखि अन्दाजी १ किलोमिटर टाढा रहेको घाटमा आफैले बोकी लगी खाल्टो खनी पुरेको रुपन्देही प्रहरीले जनाएको छ । छोरीको हत्या गरी उनले स्वयं छोरी हराएको भनी प्रहरीलाई उजुरी गरेका थिए ।

घटनापछि ०५४ भदौ १३ गते गाँउका महिलाहरु घाँस काट्न जाने क्रममा खेतमा कपालको रौहरु, चुराहरू, कपडाका टुक्रा तथा हड्डीहरुको साथै खेतको मेडीमा खनेको माटो र माटोमा दुई वटा प्वालबाट मानिसको टाउको देखिएकोले प्रहरीले सोही समयमा घटनाबारे बुझेको थियो । प्राप्त अनुसन्धानबाट उक्त घटना तत्कालिन विष्णुपुरा–९ बस्ने पुर्णवासी लोनीयाको छोरी रहेको पुष्टी भए पश्चात घटनाको बारेमा सोधपुछ र अनुसन्धान गर्नका लागि बुवा पुर्णवासी लोनियालाई बोलाउँदा फरार भएका थिए ।

प्रहरी टोली घटनास्थलमा पुगी शवको टाउको छुट्टीएको आखा नभएको कंकाल निकाली गाउँलेहरुले कान्ति लोनियाकै लाश भनि सनाखत गरेको थियो । बुबा पुर्णवासी लोनीयाले छोरीलाई पहिला पनि पटक पटक कुटपिट गर्दै गरेकोले हत्या पनि बुवाले नै गरेको भन्दै प्रहरीमा जाहेरी आएको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo