प्रधानमन्त्री मोदीद्वारा स्वस्थ भारत अभियानको शुभारम्भ

प्रधानमन्त्री मोदीद्वारा स्वस्थ भारत अभियानको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार स्वस्थ भारत अभियानको शुभारम्भ गर्नु भएको छ । देशव्यापीरूपमा चल्ने सो अभियानको उहाँले राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी रंगशाला परिसरमा उद्घाटन गर्नुभएको हो ।

समारोहमा प्रधानमन्त्री मोदीले स्वास्थ्य सम्वन्धी प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । राष्ट्रिय खेलकुद दिवसको अवसरमा स्वस्थ भारत अभियानको सुरुवात गरिएको हो । मेजर ध्यान चन्दको जन्मोत्सवको अवसरमा भारतमा खेलकूद दिवस मनाउने गरिएको छ ।

स्वस्थ रहनका लागि हरेक दिन खेलकूद सम्वन्धी गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्देश्यले अभियानको शुभारम्भ गरिएको अधिकारीहरूले बताएका छन् । “आजको दिन महान खेलाडी मेजर ध्यान चन्दको जन्म भएको दिन हो, उहाँले तन्दुरुस्तीका लागि विश्वलाई नै चकित पार्नुभएको थियो,” मोदीले भन्नुभयो ।

अभियानको शुभारम्भ गर्नु अघि विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रधानमन्त्री र सहभागी सवैलाई विभिन्न प्रस्तुति देखाएका थिए । देशभरीका सवै शैक्षिक संस्थाहरुले तन्दुरुस्ती र स्वास्थ्य सम्वन्धी गतिविधि तथा खेलकूदहरु तालिकावद्ध तरिकाले गर्नेगरी तयारी गरेको बताइएको छ ।
रासस/एएनआई

Skip This
Skip This
Logo