फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा विहिबार फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाला सुनको मूल्यमा ८०० ले वृद्धि भई प्रतितोला ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ७२ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० का दरले बढेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० कायम भएको छ । यसअघि तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० पुगेकोे थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८९५ पुगेको छ । बुधबार चाँदी प्रतितोला ८८० मा खरीद बिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि सुनको मूल्य लगातार बढिरहेकोे छ । साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ मा कारोवार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन । विश्व बजारमा अहिले सुनको मूल्य प्रतिऔँस एक हजार ५४२.७५ अमेरिकी डलर पुगेको छ ।
रासस

Skip This
Skip This
Logo