छाउपडीबारे कलेजका युवा युवतीको के छ धारणा ? {भिडियोमा}

छाउपडीबारे कलेजका युवा युवतीको के छ धारणा ? {भिडियोमा}

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशका विभिन्न भूभागमा छाउपडी प्रथा अझै व्याप्त छ । विशेषगरी सुदूरपश्चिम तथा मध्यपश्चिममा पहाडी भूभागमा यसले जरा गाडेर बसेको छ । महिनावारी भएका बेला महिलालाई छुट्टै बस्ने घरलाई छाउघर भनिन्छ । यो एक विकृतिको रूपमा रहेको देखिन्छ ।

यसलाई नियन्त्रण गर्न राज्यसँगै विभिन्न संघसंस्थाले पहल कदमी चालेका छन् । तर पनि अझै यसलाई नियन्त्रण गर्न सकिएको छैन् । राज्यले कानून नै बनाएर यसलाई रोक लगाएको छ । तर पनि अशिक्षा, जनचेतनाको कमी, रूढीवादी सोच जस्ता कारणले अझै पनि यसलाई नियन्त्रण गर्न कठीनाई भएको सरोकारवाला निकाय बताउँछन् ।

युवा पुस्ताले भने यसलाई अस्वीकार गर्दै आएका छन् । काठमाडौंस्थित शान्तवना कलेजमा छाउपडी प्रथाबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको छ । जसमा विद्यार्थीहरूले विभिन्न खाले धारण अघि सारेका छन् ।

केहीले यो प्रथालाई ठीक भनेका छन् । उनीहरूको तर्क मान्दा यो प्रथालाई परापुर्वककालदेखि चलिआएको सामाजिक मान्यता हो । तर यसको विरूद्धमा आवाज उठाउनेहरूले भने यसलाई सामाजिक कुसंस्कार भनेका छन् । कलेजका युवायुवतीले के के भने ? हेरौं तलको भिडियोमाः

Logo