“प्रियंका कार्कीलाई म्युजियममा राखौं कि चिडियाखानामा ?”

“प्रियंका कार्कीलाई म्युजियममा राखौं कि चिडियाखानामा ?”

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री प्रियंका कार्की विवादमा तानिएकी छन् । प्रियंकाको व्यवहारले आफू आजित भएको भन्दै लोकदोहोरी गायक प्रकाश कटुवालले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेपछि उनको आलोचना शुरु भएको हो ।

अष्ट्रेलियाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रियंकाले आफूमाथि गरेको व्यवहार चित्तबुझ्दो नभएको भन्दै फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् । “अष्ट्रेलियाबाट नेपाल फर्कने क्रममा प्रियंका कार्कीको व्यवहार देख्दा म्युजियममा राखौं कि चिडियाखानामा राखौं दोधार गरायो ?” उनले आक्रोश पोखेका छन्।  

भएको के हो ? 

म अष्ट्रेलियाबाट कार्यक्रम सकेर नेपाल फर्कने क्रममा थिएँ । बोडिङ्ग कार्ड लिने क्रममा म भन्दा अगाडि प्रियंका कार्की र उहाँको एक साथी पनि हुनुहुदो रहेछ। मैले देखे, पुरै छ्टपटाई रहनु भएको थियोे । कता कता मनले मानेन । मलाई एअरपोर्ट पुर्याउन आएका शिव बन्जरा दाइलाई सोध्न लगाए। के भयो भन्नू भयो, अनि उहाँले लगेको सामान बढी भयो भन्नु भयो। नि मैले सोचे, मेरो लगेज ३० केजीको हो। मेरोमा सामान लान मिल्छ भने। त्यसपछि उहाँको सामान मैले एउटा मेरो नाउमा लगेज गरे र अर्को एउटा ह्याण्ड ब्याग गरेर उहाँको सामान हंगकंग  टान्जिट गरेर नेपाल सम्म लिएर आएँ । 

आउने क्रममै पनि उहाँले मलाई गरेको व्यबहार कता कता चित्तबुझ्दो थिएन तर पनि नेपालको एअरपोर्टसम्म उहाँको सामान सुरक्षित ल्याएँ। र उहालाई मेरो लगेज खाली गर्दिनुस भने। मलाई लिन साथी आएको, धेरैबेर कुरिरहेको जानकारी पनि गराएँ। उहाले मेरो लगेजबाट सामान पनि खोल्नु भयो तर उहाँको लगेजमा धेरै बेर कुराउनु भयो। सामान सार्नु भएन।

अनि मैले सामान आफ्नो  लगेजमा सार्न भने। अनि उल्टै मलाई गाली गरे जसरी उहाँ अगाडि लाग्नु भयो। र, भन्नू भयो “सुन्नु भएन म अगाडि जादैछु लिएर आउनुस।”

अनि मलाई लाग्यो, मैले धेरै नै गुन गरे अब मलाई आफ्नो खाली लगेजको पनि माया लाग्न छोड्यो र उहाँ धेरै नै अगाडि पुगि सक्नु भएको थियो। उहाँको सामान अस्ट्रेलियाबाट पो नेपाल लिएर आउन सहयोग गरे। अब सहयोग गर्न पर्दैन जस्तो लाग्यो। त्यसैले मैले उहाँको सामान बोकेको आफ्नो लगेज सहित एअरपोर्ट भित्रै छोडेर म आफ्नो ठूलो लगेज बोकेर आएँ । 

 

Skip This
Skip This
Logo