मन्त्रिपरिषदको ‘भिडियो कन्फरेन्स मिटिङ’: हल्ला धेरै, निर्णय शून्य

मन्त्रिपरिषदको ‘भिडियो कन्फरेन्स मिटिङ’: हल्ला धेरै, निर्णय शून्य

केन्द्रबिन्दु
0
Shares

गत भदौ ६ गते बसेको मन्त्रिपरिषदको ‘भिडियो कन्फरेन्स मिटिङ’ को चर्चा अझै सेलाएको छैन । मृगौलाको उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैंठकको अध्यक्षता गरेका थिए ।

बैठकको बारेमा आम सर्वसाधारणदेखि सत्तारुढ दल नेकपाकै नेताहरुले आलोचना गरिरहेका छन्। कतिपयले यसलाई सरकारको स्वाङ भनेर टिप्पणी गरिरहेका छन् भने कतिपयले भने सुरक्षा संयन्त्रको हिसावले खतरापूर्ण भनिरहेका छन्। चर्को आलोचनापछि प्रधानमन्त्री कार्यालयले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक पूर्ण सुरक्षित रहेको दाबी गरेको थियो ।

नेपालको इतिहासमै पहिलो पटक बसेको बैठक भनेर चर्चा चलिरहँदा यसको उपलब्धि भने शून्यसावित देखिएको छ । समयतालिका अनुसार उक्त बैठकको निर्णयहरु आज सार्वजनिक हुनुपर्ने हो।

तर,  सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त बैठकमा कुनै पनि निर्णय नभएको जनाएको छ। ‘गत साताको पत्रकार सम्मेलनयता मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु’, सञ्चारमन्त्रीले फेसबुकमा जानकारी गराएका छन् ।

Skip This
Skip This
Logo