बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रीको चेतावनी

बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उदघाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न चेतावनी दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै यसलाई निक्षेपकर्ता माथिको खेलबाड भएको बताए । बैंकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न उनको निर्देशन थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए । बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थमन्त्रीले आग्रह गरे । बैंकले गर्ने काम कारबाहीबारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वायत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रदेश १ मा २ वटा, प्रदेश २ मा ५ वटा , प्रदेश ३ मा २ वटा , गण्डकी प्रदेशमा ४ वटा , प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखा हरुको उद्घाटन गरेका थिए । शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo