विवादित विधेयकबारे प्रचण्ड निवासमा छलफल

विवादित विधेयकबारे प्रचण्ड निवासमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित विधेयकबारे पार्टी नेताहरूसँग छलफल गरेका छन्। बुधबार निजी निवास खुमलटारमा प्रचण्डले पार्टीका शीर्ष नेतासँग छलफल गरेका हुन्।

छलफलका लागि प्रचण्ड निवासमा नेकपा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतम, सुवास नेम्वाङलगायत नेता सहभागी थिए।

पार्टी नेताबीच औपचारिक र अनौपचारिक छलफल भएको छलफलमा सहभागी नेता नेम्वाङले जानकारी दिए । विशेषत नागरिकता, टीआरसीलगायत विधेयकमा छलफल भएको छ।

नेताहरूसँग प्रचण्डले नेपाल नागरिकता विधेयक, भूमी सम्बन्धी विधेयक (आठौं संशोधन) र सत्य निरुपण सम्बन्धी विधेयकका विषयमा छलफल गरेका थिए ।

भूमि सम्बन्धी विधेयकमा १० वर्षसम्म बसोबास गरेको भए व्यक्तिको नाममा गरिदिने, हदबन्दी छुटका नाममा उद्योग, प्रतिष्ठान, विद्यालयले लिएको जग्गा एक पटकको लागि उनीहरुलाई हस्तान्तरण गर्ने, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी गरेकालाई अतिक्रमण गरेकै जग्गा उपलब्ध गराउनेलगायत बुँदामा विवाद छ।

नागरिकता विधेयकमा बुहारीलाई नागरिकता दिने विषय विवादित छ। त्यसैगरी सत्य निरुपण आयोग सम्बन्धी विधेयकमा आममाफीलगायत विषय विवादित छन्।

Skip This
Skip This
Logo