सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसलाई भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।

बुधबार संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले भने ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन। "/>

डेटिङ जान र रक्सी खान विदा दिइएको होइन- सञ्चारमन्त्री

डेटिङ जान र रक्सी खान विदा दिइएको होइन- सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसलाई भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।

बुधबार संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले भने ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन। फाईनल कुरा यही हो, सिधा सिधा। राष्ट्रिय दिवस नै मनाउन दिएको हो।’

दिवस मनाउन आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गर्दै उनले संविधान दिवस अन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा जोड दिए।

उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि आग्रह गरे ।

Skip This
Skip This
Logo