काठमाडौं,
सार्वजनिक पदमा आसिन व्यक्तिलाई सरकारी खर्चमा दिइएको गाडी सुविधाबारे बहस भइरहेको छ । यहि मौका पारेर एक सांसदले आफूले पनि गाडी सुविधा पाउनु पर्ने माग गरेकी छिन् ।
समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले मन्त्री सरह सांसदलाई पनि गाडी सुविधा दिनुपर्ने माग गरेकी हुन् । मंगलबारको संसदको शून्य समयमा सांसद गुरुङले आफूहरुले पनि गाडी सुविधा पाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
गुरुङले वरियतामा संघीय सांसदमाथि भए पनि त्यस अनुसारको सेवा सुविधा नपाइएको जिकिर गरिन् । गुरुङले भनिन्, ‘सांसदलाई सरकारले मर्यादाक्रमको वरियतामा आठौँ क्रममा राखे पनि गाउँपालिका अध्यक्ष सरह पनि सरकारी गाडीको सुविधा दिएको छैन ।
सडकको दुरावस्था र ट्राफिक जाम हुने सार्वजनिक यातायातको भर पर्नुपर्ने, रातदिन टेम्पोमा झुण्डिएर यात्रा गरेको कुरा सबैलाई थाहा छ । त्यसैले सांसदहरुको सुरक्षा, कार्यक्षेत्र मर्म र भावना आत्मसात गरेर सरकारी गाडीको सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछु ।
हाल संसद सचिवालयले सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष तथा समितिका सभापतिहरुलाई गाडी सुविधा दिँदै आएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया