काठमाडौं उपत्यकामा आज ३६५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३६५ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ३६५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३००, भक्तपुरमा २३ र ललितपुरमा ४२ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९४ हजार ९८५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ६८७ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ८९१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १८ हजार ७८७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ जना पुगेको छ । आज ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ । आज मात्र ३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । आज निको हुनेको संख्या ९६६ रहेको छ ।

आजको पिसिआर परीक्षण ७ हजार रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ८४ हजार १८१ रहेको छ । आज ७ हजार ७२९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo