अब रविले विदेश जाँदा अनुमति लिनुपर्ने, पुडाशैनीबारे कार्यक्रम चलाउन नपाउने

अब रविले विदेश जाँदा अनुमति लिनुपर्ने, पुडाशैनीबारे कार्यक्रम चलाउन नपाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई विदेश जान रोक लगाइएको छ । जिल्ला अदालत चितवनको आदेशले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने भएको हो ।

त्यस्तै उनले पुडासैनी प्रकरणमा कार्यक्रम समेत बनाउन नपाउने भएका छन् । रविसँगै पत्रकार युवराज कँडेलले समेत विदेश जाँदा अनुमति लिनुपर्ने भएको छ ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणका आरोपित रवि र युवराज धरौटीमा रिहा भएका छन् । भने अर्की आरोपित नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् ।

पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतवार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको बताएका थिए । सोही भिडियोका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

Skip This
Skip This
Logo