रवि लामिछानेको बैंक खाता खोज्न राष्ट्र बैंकलाई परिपत्र

रवि लामिछानेको बैंक खाता खोज्न राष्ट्र बैंकलाई परिपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको बैंक खाता खोजिने भएको छ । प्रहरीले उनको बैंक खाता खोज्न राष्ट्र बैंकलाई परिपत्र गरेको छ । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएका लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको बैंक खाता खोज्न प्रहरीले राष्ट्र बैंकलाई परिपत्र गरेको हो ।

आत्महत्या गर्नुअघि पुडासैनीले बनाएको भिडियोमा अकुत सम्पत्ति कमाएको भन्ने आरोप लागेपछि प्रहरीले तीनै जनाको बैंक स्टेटमेन्ट माग गरेको हो। अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट गएको एसपी दीपक रेग्मीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत बैंक खाता विवरण माग गर्दै राष्ट्र बैंकलाई पत्र लेखेको हो।

एसपी रेग्मीले आरोपीहरु तीनै जनाको बैंक स्टेटमेन्ट माग्दै राष्ट्र बैंकलाई पत्र लेखेको बताए । तर अहिलेसम्म स्टेटमेन्ट आएको छैन् । आत्महत्या गर्नुअघि पुडासैनीले विभिन्न व्यापारीहरुबाट रविले मोटो रकम उठाउने गरेको आरोप लगाएका थिए।

गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए। उनले मर्नुअघि आफ्नो मोबाइलमा भिडियो बनाउँदै तीनै जनाको कारण आत्महत्या गरेको उल्लेख गरेका थिए । जसमा उनले रवि र युवराजले करोडौं कमाउने गरेको समेत आरोप लगाएका थिए । सोही भिडियोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

Skip This
Skip This
Logo