काठमाडौं,
सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरूलाई लक्षित गरि १ हजार रुपैयाँमा बचत खाता खोल्ने गरी ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’संचालनमा ल्याएको छ । यसमा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी पाइने बैंकले जनाएको छ ।
ग्राहकवर्गहरूले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बिमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बिमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सटिर्फिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने बैंकले जनाएको छ ।
बैंकले निःशुल्क एसएमएस, मोबाइल र ई–बैंकिङ, एबीबीएस सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा पनि रहेको जनाएको छ ।































प्रतिक्रिया