एनआरएनएको महाधिवेशन असोज २८ देखि काठमाडौंमा हुने

एनआरएनएको महाधिवेशन असोज २८ देखि काठमाडौंमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो । उक्त विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुनेछ ।

सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ । आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घ संस्थाका अध्यक्ष रहने व्यवस्था छ ।

यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ । यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्ष लगायत अन्य पदाधिकारीको निर्वाचन हुनेछ ।
रासस

Skip This
Skip This
Logo