राष्ट्रिय फुटबल टोलीको कप्तानमा सुजल श्रेष्ठ

राष्ट्रिय फुटबल टोलीको कप्तानमा सुजल श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानमा सुजल श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले सुजललाई कप्तानको जिम्मेवारी दिएको एन्फाले जनाएको छ । नियमित कप्तान विराज महर्जन टिममा पर्न असफल भएको र उपकप्तान किरण चेम्जोङ जापानमा ट्रायल दिन गएकाले कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो।

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो। नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग सोमबार उसकै घरेलु मैदानमा खेल्नेछ। नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्दैछ ।

एसियाको दोस्रो चरणको छनोटमा नेपाल अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज चाइपे रहेको समूह बी मा छ ।

Skip This
Skip This
Logo