‘एन्टीबडी’को उपचार गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

‘एन्टीबडी’को उपचार गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

बिहिवार दिउँसो साढे १ बजे थाई एयरबाट प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेका हुन्।  उनको साथमा धर्मपत्नी राधिका शाक्य, सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मी पनि सिंगापुर प्रस्थान गरेका छन्।

ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मृगौलासम्बन्धि एन्टीबडी बढेकाले त्यसको उपचारका लागि सिंगापुर गएको जानकारी दिईन्।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सिंगापुरमा ओलीको उपचार गर्न करिव २ हप्ताको समय लाग्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको जनाएका छन् । “एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन  उहाँ  फेरि त्यसतर्फ जान लाग्नुभएको हो” डा.सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तिमा जनाइएको छ ।

गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए ।

Logo