पाँचतारे होटलहरुले धमाधम ४० प्रतिशत कर्मचारी बिदा गर्दै, होटल अन्नपूर्ण बन्द

पाँचतारे होटलहरुले धमाधम ४० प्रतिशत कर्मचारी बिदा गर्दै, होटल अन्नपूर्ण बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको महामारीका कारण विगत लामो समयदेखि पाँचतारे होटलहरु बन्द रहेका छन् । यसरी होटल बन्द हुँदा आर्थिक संकट परेको भन्दै होटलहरुले धमाधम ४० प्रतिशत कर्मचारीहरुलाई बिदा गर्न थालेका छन् ।

केही दिन अगाडि नै पाँचतारे होटलहरुको सञ्चालक समितिको बैठक बसेर कोरोना महामारीका कारणले ८ महिनासम्म होटल बन्द भएको तथा कोरोना प्रभाव नेपालमा पाँच वर्षसम्म पर्न सक्ने र देशमा विदेशी पर्यटक नआउने होटल सन्चालन गर्नको लागि व्यवस्थापनले खर्च घटाउनका लागि होटलका कर्मचारीहरूलाई स्वेच्छिक अवकाशको अवधारणा अगाडि सारेका छन् ।

पाँचतारे होटल सोल्टी क्राउन प्लाजाले गोल्डेन ह्यान्डचेक दिएर ४० प्रतिशत कर्मचारीलाई बिदा गर्ने भएको छ । केही दिन अघि बसेको सञ्चालक समितिले होटलमा रहेका ४० प्रतिशत कर्मचारीलाई गोल्डेन ह्यान्डचेकसहित बिदा गर्ने निर्णय गरिसेका छन् । कोरोना भाइरसका कारण आर्थिक संकटमा परेपछि होटलले यस्तो निर्णय गरेका हुन् ।

केही समय अघि बसेको होटल व्यवस्थापन समितिको बैठकले तत्कालका लागि भएका कर्मचारीहरू मध्ये ४० प्रतिशतलाई हटाउने गरी कर्मचारीहरूलाई स्वेच्छिक अवकाशका लागि सूचना प्रकाशन समेत गरेको छ । सोल्टी क्राउन प्लाजाले पाँच वर्ष दुई सय ८२ वटा कोठा मध्ये एक सय एक कोठा मात्रै चलाउने निर्णय गरेको र सो निर्णय अनुसार आफ्ना कर्मचारीलाई बेतलबी विदा दिने सूचनानै जारी गरिसकेको छ ।

आउँदो जनवरी १ तारिखदेखि लागू हुने गरी होटलले पहिलोपटक कम्तीमा दुई वर्षका लागि आफ्नो कर्मचारीलाई गोल्डेन ह्यान्डचेकसहित बेतलबी विदामा पठाउने जनाएका छन् । यसका लागी हायात हाटेल व्यवस्थापनले गत मंसिर ३ गते नै कर्मचारीलाई बेतलबी विदामा सूचना जारी गरेको छ ।

यसरी पाँचतारे होटलहरुले स्वेच्छिक अवकाशमार्फत कर्मचारीलाई बिदाइ गरेको पहिलो घटना भने होइनन् । यस अगाडि पनि विभिन्न समयमा होटलहरुले कर्मचारीहरुलाई बेतलवी बिदामा पठाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको होटल सोल्टीले पनि कर्मचारीलाई स्वेच्छिक अवकाशबाट घर पठाउन लागेको हो । सोल्टीले पनि केही साता अघि सूचना प्रकाशन सञ्चालनमा रहेका आधा मात्रै कोठा सञ्चालनमा ल्याउने भन्दै कर्मचारीहरुलाई घर पठाउन लागेको छ ।

५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द

त्यस्तै, ५५ वर्ष पुरानो नेपालको पाँचतारे होटल अन्नपूर्ण केही समयका लागि पूर्णरुपमा बन्द हुने भएको छ । कोरोना महामारीको प्रभावले करिव ९ महिना होटल बन्द हुँदा होटलमा कार्यरत कर्मचारीको खर्च धान्न नसकेको भन्दै केही समयका लागि बन्द हुने भएको हो ।

कोरोना महामारीका कारण होटलको खर्च धान्न नसकेको तथा होटलको आम्दानीको ४० प्रतिशत रकम कर्मचारीहरुको लागि खर्च हुने भएकाले केहि समयका लागि होटल बन्द गर्न लागिएको होटल सञ्चालक सिर्जना राणाले बताइन् ।

उनका अनुसार कोरोना महामारीका कारण ९ महिनासम्म होटल बन्द भएको र अबको एक दुई वर्षसम्म नेपालमा तत्काल विदेशी पर्यटकहरु आउन नसक्ने भएकाले होटल सञ्चालन नगरी कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिन लागेको हो ।

त्यस्तै, होटल धेरे पुरानो भएकाले होटलको मर्मतसम्भारका साथै नयाँ संरचना बनाउनु पर्ने भएकाले योे होटल नचलेको समयमा परिर्वतन गर्न लागेको उनको भनाइ छ ।

अन्नपूर्णमा ३ सय ६० जना कर्मचारी कार्यरत छन् । ती मध्ये ४५ जनाले राजीनामा दिएर आफ्नो हिसावकिताव गरिसकेका छन् भने बाँकी कर्मचारीहरु कार्यरत नै रहेका छन् ।

 

Skip This
Skip This
Logo