काठमाडौं ।
सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ओली पक्षधरका नेता प्रदीप ज्ञवालीलाई नेकपाको प्रवक्ता तोकिएको छ ।
पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकाले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिएको ओली पक्षधर बैठकले निर्णय गरेको छ ।
बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।
त्यस्तै, ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गर्दै आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यहि वर्षको चैतमा गर्ने निर्णय भएको थियो ।































प्रतिक्रिया