बुधबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३ सय मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो ।





























प्रतिक्रिया