काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको हो ।
गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ४०० कायम रहेको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया