काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तात्कालिन अवस्थामा समावेशी भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन् ।
उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालिन कानुन अनुकुल रहेकाले रद्द गर्नुनपर्ने स्पष्ट पारे । उनले भने, “अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालिन स्थितिमा समावेशी छ । लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालिन कानुनी व्यवस्था अनुकुल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन । ”
उनले नीतिगत कामका लागि टे«ड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको स्पष्ट पारे । साथै उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरि खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे ।
उनले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराईएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे ।































प्रतिक्रिया