पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेसहित ३ जनालाई आज अदालतमा पेश गरिएको छ।लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई बिहान १० बजे अदालत पेश गरिएको हो ।
आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका उनीहरुलाई यसअघि ५ दिन म्याद थप गरि अनुसन्धान थालेको थियो। अनुसन्धानका लागि समय नपुग भएपछि पुन: म्याद थप गर्न लागिएको हो।
प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ । स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। रविसंग आज थप बयान लिने बुझिएको छ।
पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका छन् ।
यसैबीच घटनाको विरोधमा आज पनि चितवनमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्।





























प्रतिक्रिया