भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिएको छ।
सोमबार रातिको वर्षासंगै सडक करिव ५० फिट तल भासिएको हो। बाटोभन्दा माथि रहेको ४ वटा घर बाटोसंगै भासिने खतरा देखिएको छ। बाटोभन्दा मुनि खानेपानीको ट्यांकी खन्ने काम भैरहेको थियो।
सडक भाँसिदा बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ । अहिले नेपाली सेना, स्थानीय र प्रहरीले जोखिम न्यूनीकरणका लागि पहल गरिरहेका छन्।
सडक भासिएपछि स्थानीयलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ ।
































प्रतिक्रिया