मुक्तिनाथ विकास बैंकको प्रगति उत्साहजनक

मुक्तिनाथ विकास बैंकको प्रगति उत्साहजनक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मुक्तिनाथ विकास बैंकले गत आव ०७५/७६ सम्ममा ४६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन र ३७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरेको छ ।

विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक वृद्धि र उत्कृष्ट प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले वृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०७ प्रतिशत कायम छ भने बैंकको प्रतिशेयर आम्दानी २७.८४ रुपैयाँ छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरूलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Skip This
Skip This
Logo