रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, एसपीलाई वर्खास्त गर्न माग

रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, एसपीलाई वर्खास्त गर्न माग

केन्द्रबिन्दु
0
Shares

पत्रकार रवि लामिछानेका समर्थकहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। लामिछानेलाई अनुसन्धानका नाममा फसाउन खोजिएको भन्दै उनीहरुले निस्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रदर्शनकारीले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको माग गरेका छन् । उनीहरुले एसपी मल्लले आफुलाई प्राप्त भिडियोमाथि अनुसन्धान गर्नुको सट्टा मिडियालाई दिएर गलत गरेको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् ।

चितवनमा पनि आज बिहानैदेखि प्रदर्शन शुरु भएको थियो। प्रदर्शनकारीले प्रहरीको भ्यान तोडफोड गरेपछि झडप समेत भएको थियो। लामिछानेका समर्थक र प्रहरीबीच शुक्रबार पनि झडप भएको थियो।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र आस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

Logo