पत्रकार आत्महत्या प्रकरण: चितवनमा आज पनि झडप, अवस्था तनावग्रस्त

पत्रकार आत्महत्या प्रकरण: चितवनमा आज पनि झडप, अवस्था तनावग्रस्त

केन्द्रबिन्दु
0
Shares

चितवनमा पत्रकार रवि लामिछानेका समर्थकहरु र प्रहरीबीच आज शनिबार पनि झडप भएको छ। प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो।

प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गरेका छन् भने प्रहरीले ५ राउण्ड भन्दा बढी आश्रुग्यास प्रहार गरेका छन्। शुक्रबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

प्रहरीले अनुसन्धानको लागि बिहीबार राति न्युज २४ को कार्यालयबाटै रविसहित युवराज कँडेललाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

Skip This
Skip This
Logo