काठमाडौं । लामो समयको छलफल पछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले बिभागहरुको नेतृत्व टुंगो लगाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी भित्रका सबै ३३ वटा विभागको टुंगो लगाएको हो ।
पार्टीको संगठन बिभाग र स्कूल विभागमा सचिवालय भित्रबाट नै आकांक्षी धेरै भए पछि टुंगो लाग्न सकेको थिएन । आजको बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेललाई दिएको छ भने पार्टी संगठन विभागको जिम्मा बामदेव पाएका छन् । पार्टीको स्कूल विभागमा दाबी गरेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रचार बिभागमा चित्त बुझाए ।
सचिवालय बैठकले विदेश विभाग प्रमुखमा माधव नेपाल, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । थप भिडियोमाः































प्रतिक्रिया