प्रतिनिधी सभा विघटनविरुद्ध सर्वोच्चमा १२ रिट, कस-कसले गरे दर्ता ?

प्रतिनिधी सभा विघटनविरुद्ध सर्वोच्चमा १२ रिट, कस-कसले गरे दर्ता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधी सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १२ वटा अलग अलग रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार विरुद्ध प्रतिनिधी सभा विघटन गरेको भन्दै सो निर्णय उल्ट्याउने मागसहित रिट दर्ता गरिएको हो ।

आज दर्ता भएका १२ वटै रिट निवेदन उपर बुधबारका लागि सुनुवाइको पेशी तोकिएको छ ।

को को हुन् रिट निवेदकहरु ?

अधिवक्ता कन्चन कृष्ण न्यौपाने

लोकेन्द्रबहादुर ओली

केशरजंग केसी

ज्ञानेन्द्र आरण

शालिकराम सापकोटा

कलम बहादुर खत्री

अमिता गौचन पौडेल

दिनेश त्रिपाठी

सन्तोष भण्डारी

दीपक राई

तुलशी सींखडा

सुलभ खरेल

Skip This
Skip This
Logo