‘नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भयो’ : पशुपतिशमशेर राणा

‘नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भयो’ : पशुपतिशमशेर राणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष राणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए। उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए। अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडि बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए। उनले भने, ‘‘गैरसंवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधान विपरित संसदको मर्म र भावना विपरित, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो ।’’

राप्रपाले यस अघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुने गरी निर्वाचनको मिति घोषणा गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सो घोषणा गरेकी हुन् । उक्त कदमको चौतर्फी विरोध भइरहेको छ ।

Skip This
Skip This
Logo