पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई काम गर्न अदालतको रोक

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई काम गर्न अदालतको रोक

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ।

उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको हो।

गत ४ पुसमा पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए।

Skip This
Skip This
Logo