प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमतिको चौथो जित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमतिको चौथो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बागमति प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ। मूलपानी मैदानमा सोमबार भएको खेलमा बागमतिले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रन मात्रै बनायो। कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोडे। अरु दोहोरो अंकमा रन बनाएनन् भने अतिरिक्त नै १७ रन आएको थियो।

बागमति प्रदेशका रिजन ढकालले ५ विकेट लिँदा कृजन गुरुङले २ विकेट हात पारे। यसैगरी प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक-एक विकेट लिए।

७९ रनको एकदमै झिनो लक्ष्य बागमति प्रदेशले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशीले १६ र अशोक पौडेलले ६ रन नटआउट बनाएर खेल जिताए।

कप्तानतिर गौतम ८ तथा आशुतोष घिरैयाले ९ रनमा आउट भए। बागमतिले गुमाएका सबै ३ विकेट दिवान पुनले हात पारे। जितसँगै बागमतिले ६ खेलबाट ८ अंक बनाएर शीर्ष स्थानमा उक्लिदा सुदूरपश्चिम, नेपाल पुलिस र मधेश प्रदेश समान ६ अंकसहित शीर्ष चारमा रहेका छन्। कर्णाली प्रदेश भने प्रतियोगितामा २ खेल मात्रै जित्न सफल भएको छ।

Skip This
Skip This
Logo