आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

काठमाडौँ टावरमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धर्म पथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपास कालोपत्रे सडकमा पार्किङ निषेध हुने छ। यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।

Skip This
Skip This
Logo