तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) ले २२ औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ ।

आइटिएफले एकहप्ते वार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोसन हुने अवसर प्रदान गरेको हो।

सोमबार लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा चौथो डानका १३ खेलाडी र पाँचौं डानका ६ खेलाडीको परीक्षा लिएको थियो । उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर (९ औं डान प्राप्त) कोरियाली जो चोल होले चौथो र पाँचौंको ग्रेडिङ लिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) का अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

बेल्ट पदोन्नतिका लागि १९ खेलाडीले करिब एक महिनादेखि प्रशिक्षण गरिरहेको आइटिएफले जनाएको छ । पाँचौं डानको परीक्षा दिनेमा महासंघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष वासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन् ।

अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ। एकहप्ते उत्सवमा महासंघले यसअघि वर्ष पुरुष र महिला खेलाडी, प्रशिक्षक, इन्स्ट्रक्टर र उत्कृष्ट जिल्लालाई सम्मान गरेको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo