ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित रंगेहात पक्राउ

ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनीहरुले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए।

Skip This
Skip This
Logo